१३७ औं दिनमा गंगामायाले तोडिन् अनसन

डिसी नेपाल
२२ वैशाख २०७८ २०:०९
700
Shares

काठमाडौं। आफ्ना छोराका हत्यारालाई कारबाहीको माग राख्दै आमरण अनसन बसेकी गंगामाया आधिकारीले बुधबार अनसन तोडेकी छन्। उनले बुधबार १३७ औं दिनमा अनसन तोडेकी हुन्। सशस्त्र द्वन्द्वका क्रममा गोरखा फुजेलका किशोर कृष्ण अधिकारी तत्कालिन विद्रोही माओवादीबाट मारिएका थिए।

गंगामायाले छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्नुपर्ने भन्दै पटक पटक अनसन बस्दै आएकी छन्। उनले बुधबार एक विज्ञप्ति जारी गर्दै देशमा कोरोना महामारी बढेको भन्दै अनसन तोडेकी हुन्। उनले छोराको न्यायाको लडाइँ भने जारी रहने बताएकी छन्।

न्यायाका लागि नै अनसन बसेका गंगगामाया अधिकारीका श्रीमान नन्दप्रसादको भने अनसनकै क्रममा निधन भएको थियो। उनको शव अझै पनि त्रिवि शिक्षण अस्पतालमै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.