सुन तोलामा ३ सय रुपैयाँ बढ्यो

डिसी नेपाल
२३ वैशाख २०७८ ११:४३

काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुनको मूल्य उकालो लागेको छ। बिहीबार सुन तोलामा ३ सय बढेर ९० हजार ६ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार हुनेछ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कायम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.