सेयर बजारमा १२ अंकको गिरावट
काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२ दशमलव ४७ अंकले घटेको छ। यो सँगै यो साता नेप्से परिसूचक २ हजार ६ सय ३७ दशमलव १३ अंकमा बन्द भएको छ।
बिहीबार २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८१ करोड ९१ हजार भन्दा बढीको कारोबार भयो।
कूल १३ समूहमध्ये ३ वटा समूहको सेयरमामात्रै हरियाली हुँदा अन्य सबै समूह राताम्मे भए।
यस दिन सेयरबजारमा जनउत्थान सामुदायिक लघुवित्त, खानिखोला हाइड्रो कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। यी दुइ कम्पनीका लगानीकर्ताले धेरै माएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment