मोदीको गृहनगरमा कोरोना ‘भगाउन’ हजारौं महिलाको भीड, सुरक्षा मापदण्डको धज्जी उडाइयो

डिसी नेपाल
२४ वैशाख २०७८ ११:५३
1.1k
Shares

काठमाडौं। कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित भारतमा भाइरस संक्रमण फैलिन नदिन कडा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिँदै गर्दा प्रधानमन्त्रीकै गृहनगरमा सुरक्षा मापदण्डको धज्जी उडाइएको छ । कोरोना ‘भगाउन’ भन्दै गुजरातको अहमदाबादमा एक धार्मिक कार्यक्रममा हजारौंको संख्यामा सहभागी भएका महिलाहरुको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । मे ३ को भएको बताइएको यो भिडियोमा हजारौं महिलाहरु टाउकोमा पानीको भाँडो बोकेर सहभागी भएका छन् ।

भिडियोमा केही मानिसहरुले ती बाँडाहरु लिएर मन्दिरमा लैजाँदै पानी खन्याउँदै गरेका देखिएका छन् । भिडियोमा देखिएका महिलाहरुको भीडमा कुनै दूरी कायम गरिएको छैन र लगभग सबैजसो महिलाहरुले मासक लगाएका छैनन् । बुधबार यो भिडियो भाइरल भएपछि अहमदाबाट ग्रामीण पुलिसले कारवाही गर्दै २३ जनालाई पक्राउ गरेको इण्डिया डटकमले जनाएको छ । पुलिसका अनुसार गाउँलेहरुले बलियादेव मन्दिरमा पानी खन्याउने हो भने कोरोनाभाइरस भाग्ने विश्वास गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.