डाक्टर रमिल अधिकारीले सगरमाथा म्युजिक अवार्डसहित तेस्रो राष्ट्रिय अवार्ड जिते
काठमाडौं । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सगरमाथा म्युजिक अवार्ड हात पारेका छन्।
गीतकार अधिकारीको वाचा गरौं बोलको गीतले बुधबार नाचघरमा सम्पन्न सातौं सगरमाथा म्युजिक अवार्डको उत्कृष्ठ गीतकारको अवार्ड हात पारेका हुन्।
यसअघि म्युजिक खबर अवार्ड र राष्ट्रिय राप्ती म्युजिक अवार्ड बिजेता डाक्टर अधिकारीको यो तेस्रो राष्ट्रिय स्तरको अवार्ड हो।
वाचा गरौँ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतमा ज्ञानेन्द्र गिरीले सङ्गीत भरेका छन्। अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन्। हाल न्यूजल्याण्डमा रहँदै आएका गीतकार अधिकारीका गीतलाई दर्शकले रुचाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment