कोरोना अपडेटः २४ घण्टामा ५० जनाको मृत्यु, ९ हजार १९६जनामा संक्रमण
काठमाडौं । शुक्रबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर परिक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टीजेन परिक्षण गर्दा १७३ जनामा गरी ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५०जनाको मृत्यु भएको छ ।
थप ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८०पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment