२५ वर्षीया महिलाले एकै पटक जन्माइन ९ बच्चा, श्रीमान खुशी

डिसी नेपाल
२४ वैशाख २०७८ १७:३७
284
Shares

माली। मालीकी एक २५ वर्षीया महिलाले एकै पटक ९ वटा बच्चालाई जन्म दिएकी छन्। हलिमा सिसे नामकी ती महिलाले मोरक्कोको एक अस्पतालमा ९ बच्चालाई जन्म दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। बीबीसीसँगको कुराकानीमा ती महिलाका श्रीमानले श्रीमती र बच्चाहरुको स्वास्थ्य अवस्था ठिक रहेको भन्दै खुशी व्यक्त गरेका छन्।

अफ्रिकी मुलुक मालीकी ती महिलालाई राम्रो हेरविचारका लागि मालीको सरकारले नै खर्च व्यहोरेर मोरक्को पठाएको थियो।

यसअघि २००९ मा एक अमेरिकी महिलाले एकै पटक ८ बच्चा जन्माएको घटनालाई वर्ल्र्ड रेकर्ड अफ गिनिज बुकमा रोखिएको थियो। तर, १९७१ मा अष्ट्रेलियामा र १९९९ मा इन्डोनेसियामा पनि एकै पटक ९ बच्चा जन्माएको घटना भइसकेको छ। तर त्यतिबेला ती बच्चाहरु भने केही समयका लागिमात्र बाँचेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.