विश्वमा कोरोना : भारतमा २४ घण्टामा थपिए ४ लाख संक्रमित

डिसी नेपाल
२५ वैशाख २०७८ ७:२९
160
Shares

काठमडौं। भारतमा गत २४ घण्टामा ४ लाख संक्रमित थपिएका छन्। कोरोनाको दोश्रो लहर आएसँगै भारतमा कोरोनाका संक्रमिन थपिने क्रम बढ्दो छ। केही हप्तादेखि लाखौंको संख्यामा कोरोनाका संक्रमित भारतमा थपिएका छन्।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड १८ लाख ८६ हजार ६ सय ११ पुगेको छ। गत २४ घण्टामा ४ हजार बढीले ज्यान गुमाएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ६५ पुगेको छ।

ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको दर बढेको देखिन्छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा ७८ हजार ३ सय बढी कोरोना संक्रमित थपिएका छन्। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५० लाख ८७ हजार पुगेको छ।

अमेरिकामा पनि कोरोनाबाट संक्रमित हुनेको संख्यामा बृद्धि हुँदै आएको छ। कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घण्टामा ४८ हजार ९ सय ९२ जना संक्रमित भएका छन्। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या ३ करोड ३४ लाख बढी रहेको छ।

गत २४ घण्टामा ब्राजिलमा २ हजार बढीले ज्यान गुमाए भने अमेरिकामा करिव १ हजारको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ। नेपालमा पनि पछिल्लो २४ घण्टामा ५० जना बढीले ज्यान गुमाएका छन्।

विश्वभरमा गत २४ घण्टामा कोरोनाका ८ लाख ३४ हजार ८ सय ५४ जना संक्रमित थपिएका छन्। वल्र्डोमिटरको रेकर्ड अनुसार १३ हजार ६ सय ८१ जनाले ज्यान गुमाए भने ७ लाख ६३ हजार ४ सय ५० जना निको भएर घर फर्केका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.