सामाजिक संजालमा कविता पोस्ट गर्दा अर्बपतिको सम्पत्ति २ दिनमा अढाइ अर्ब डलर घट्यो

डिसी नेपाल
३० वैशाख २०७८ १३:०१
836
Shares

काठमाडौं। सामाजिक संजालमा एउटा ११ सय वर्ष पुरानो कविता पोस्ट गर्दा १ जना अर्बपतिको सम्पत्ति २ दिनमा अढाइ अर्ब डलर (२ खर्ब ९४ अर्ब रुपैयाँ) घटेको छ । चीनका अर्बपति तथा अनलाइन टु अफलाइन लोकल लाइफ सर्भिस प्लेटफर्म मितुआनका सीइओ वांग जिंगले एक पोस्टका कारण यति धेरै नोक्सानी व्यहोर्नुपरेको हो । ब्लुमबर्गका अनुसार वांगले आफ्नो ब्लग पोस्टमा ११ सय वर्ष पुरानो उक कपिता समावेश गरेर पोस्ट गरेका थिए । यो एक पोस्टका कारण उनको सम्पत्ति २ दिनमा २.५ अर्ब डलर घट्यो ।

खासमा ४२ वर्षीय वांगले जुन कविता पोस्ट गरेका थिए त्यो चीनका एक समटको दमनकारी नीतिका विषयमा लेखिएको थियो । जब वांगले यो कविता पोस्ट गरे त्यसपछि मानिसहरुले उनले चीनको वर्तमान शी जिनपिंग सरकारको आलोचना गरिरहेको माने । यद्यपि पछि वांगले यो पोस्ट डिलिट गरे र आफ्नो सफाइमा आफ्नो उद्देश्य सरकारको आलोचना गर्नु नभएको बताएका थिए । उनले यो कविताको माध्यमले इतिहासमा आफ्नो देशको अदुरदर्शितातर्फ आम मानिसको ध्यान तान्न चाहेको बताएका थिए ।

हङकङस्थित निजी इक्विटी फर्म काइयुआन क्यापिटलका मुख्य लगानी अधिकार ब्रक सिल्भर्सले यस बारेमा कुरा गर्दै बताएअनुसार कविता पोस्ट गरेर वांगले बजार नियामकहरुबाट केही पनि पाएनन् बरु व्यवसायिक वातावरणका केही प्रमुख र अहम व्यक्तिहरु उनको विरुद्ध भए । यो बिर्सिइसकेको कपिताको असर हुन सक्छ । वांग चीनमा सफल उद्योगपतिहरुमा गनिन्छन् । उनको गन्ती अलीबाबाका ज्याक माको प्रमुख प्रतिद्वन्द्वीको रुपमा हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.