इजरायल र प्यालेस्टाइनबीच भीषण युद्ध गराउने ७३ वर्ष पुरानो विवाद के हो ?

डिसी नेपाल
३० वैशाख २०७८ १५:४१
3.9k
Shares

काठमाडौं। सोमबार हमासले गाजा पट्टीबाट इजरायलको जेरुसेलममा ३ सयभन्दा धेरै रकेट हान्यो । यो आक्रमणको जवाफमा इजरायलको एयरफोर्सले हमासका १५० भन्दा धेरै अड्डालाई आफ्नो निशाना बनायो । मंगलबार इजरायलले गाजामा रहेको हमासको राजनैतिक कार्यालय भएको भवनमा एयरस्ट्राइकर गरेर १३ तले भवन ध्वस्त पारिदियो । अहिलेसम्म यो युद्धमा ७४ जनाको मृत्यु भइसकेको छ ।

तत्कालको लागि यो युद्धको कारण ९ मेका दिन आइतबार भएको घटनालाई मानिएको छ । तर, वास्तवमा यो युद्धको मूल कारण ७३ वर्ष पुरानो हो । गत आइतबार इजरायलको सर्वोच्च अदालतले जेरुसेलमबाट प्यालेस्टाइनीका ७ परिवारलाई हटाउने आदेश जारी गरेको थियो । यो आदेशमा इजरायलको गठन हुनुभन्दा पहिल्यै १९४८ मा यहुदी रिलिजन एसोसिएसनको अधिनमा पर्ने घरहरु खाली गर्न निर्देशन दिइएको थियो ।

अदालतको यो आदेशको पालना गर्दै इजरायलमा शेख जर्रा नामको स्थानमा बस्ने ७० प्यालेस्टाइनीहरुलाई हटाएर त्यहाँ यहुदीहरुलाई बसाउन थालियो । तर, प्यालेस्टाइनीहरु अदालतको यो आदेशबाट खुसी थिएनन् । उनीहरुले यसको विरोधमा इजरायलमा विभिन्न ठाउँहरुमा आन्दोलन गरे ।

रमजानको महिनाको अन्तिम शुक्रबारको अवसरमा जेरुसेलमको अल अक्सा मस्जिदमा भारी मात्रमा मुस्लिमहरु नमाज पढ्नको लागि जम्मा भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो सबैभन्दा पवित्र स्थान मानिन्छ । नमाजपछि त्यहाँ जम्मा भएका मुस्लिमहरुले शेख जर्राहलाई खाली गराएको विरोधमा प्रदर्शन सुरु गरे । तर, शान्तिपूर्वक सुरु भएको यो प्रदर्शन हिंस्रक भयो । प्यालेस्टाइनीहरुले पुलिसमाथि ढुंगा हाने र पुलिसले अश्रुग्यास हान्यो । वास्तविक विवाद भने त्यतिबेला सुरु भयो जब मस्जिदमा हाते ग्रेनेड हानियो ।

रिपोर्टका अनुसार इजरायल र प्यालेस्टाइनबीच चलिरहेको संघर्षको अर्को कारण जेरुसेलम डे भएको बताइन्छ । १९६७ मा भएको अरब इजरायल युद्धमा इजरायलको जीतको उत्सवको रुपमा जेरुसेलम डे मनाइन्छ । १० मे अथाएत जेरुसेलम डेमा इजरायलीहरुले जेरुसेलमदेखि वेस्टर्न वालसम्म मार्च गर्दै प्रार्थना गर्छन् । वेस्टर्न वाललाई यहुदीहरुको पवित्र स्थल मानिन्छ ।

यो मार्चको क्रममा पनि हिंसा भएको थियो । यही दिन इजरायली सर्वोच्च अदालतमा प्यालेस्टाइनी परिवारलाई निकालिने मुद्दामा सुनुवाइ हुनुपर्ने थियो । तर, हिंसाका कारण यसलाई स्थगित गरिएको छ । इजरायलको लोद सहरमा अरबी र यहुदी बस्छन् । इजरायल र प्यालेस्टाइनबीच भएको विवादपछि लोद सहरमा पनि हिंसा भयो । त्यसपछि यहाँ संकटकाल लगाइयो । यहाँ १९६६ पछि पहिलो पटक संकटकाल लगाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.