डब्लुएचओले धनी देशलाई भन्यो–‘अहिले बालबालिकालाई खोप नलगाउ, खोप गरिब देशलाई देऊ’
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धनी देशहरुलाई आफ्नो देशमा अहिलेलाई बालबालिकालाई खोप नलगाउन बरु बालबालिकालाई लगाउन लागिएको यो खोप गरिब देशहरुलाई दान गर्न आग्रह गरेको छ । महामारीसँग छिटो र शक्तिशाली तरिकाले लड्न सकियोस् भनेर यस्तो आग्रह गरिएको डब्लुएचओले जनाएको छ । डब्लुएचओका अनुसार महामारीको दोस्रो वर्ष पहिलो वर्षको तुलनामा खतरनाक छ ।
समाचार एजेन्सी रोयटर्सको एक रिपोर्टअनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस एडेनहोम घेब्रिसियसले एक पत्रकार सम्मेलनमा कोभिड–१९ को वर्तमान स्थितिको बारेमा चर्चा गरे । यस क्रममा महानिर्देशक एडेनहोमले भने ‘धनी देशहरु बालबालिकालाई खोप लगाइरहेका छन् । म यसलाई रोक्न अपिल गर्छु । बालबालिकालाई खोप दिन प्रयोग भइरहेको डोज गरिब देशहरुलाई दान दिनुपर्छ ताकि महामारीसँग छिटोभन्दा छिटो र प्रभावकारी तरिकाले लड्न सकियोस् ।’
उनले अगाडि भने ‘हामी देखिरहेका छौं कि केही धनी देशहरु बालबालिका तथा युवाहरुलाई भ्याक्सिनेट गरिरहेका छन् । अर्कोतिर विश्वका ती गरिब देश छन् जहाँ अहिलेसम्म स्वास्थ्यकर्मीले पनि भ्याक्सिन पाएका छैनन् । हामी सबै देशहरुलाई भ्याक्सिन दिन चाहन्छौं ।’ डब्लुएचओको यो पत्रकार सम्मेलनमा महानिर्देशक एडेनहाम धनी देशहरुसँग धेरै असन्तुष्ट भएको देखिन्थ्यो ।
उनले थपे ‘जनवरीमै मैले प्रस्ट पारेको थिएँ कि खोप अभियान सुरु भएपछि नैतिक पतन हुनेछ । दुर्भाग्यवश अहिले हामीले यो प्रस्ट देखिरहेका छौं । केही यस्ता देश छन् जोसँग भ्याक्सिनको थुप्रो छ र उनीहरु ती मानिसहरुलाई पनि भ्याक्सिनेट गरिरहेका छन् जसलाई कोभिड–१९ बाट निकै कम खतरा छ ।म उनीहरुसँग फेरि अपिल गर्छु कि उनीहरु अब गरिब देशहरुलाई सहयोग गरुन् । त्यहाँ स्वास्थ्यकर्मीले पनि भ्याक्सिन पाएका छैनन् ।
विश्वभरी अहिलेसम्म १४० करोड डोज लगाइसकिएको छ । यीमध्ये ४४ प्रतिशत धनी देशका नागरिकलाई लगाइएको छ । यो विश्वको कूल जनसंख्याको १६ प्रतिशत हो । डब्लुएचओ प्रमुखले भने ‘हाम्रो लागि यो कठिन समय हो । महामारीको दोस्रो वर्ष पहिलो वर्षको तुलनामा धेरै खतरनाक प्रमाणित भइरहेको छ । योसँग जुध्नको लागि सावधान र भ्याक्सिनेसन एकसाथ लैजानु जरुरी छ । योबिना युद्ध जित्न कठिन हुनेछ ।’







डिसी नेपाल








Facebook Comment