आकाशमा २ विमान ठोक्किए तर कुनै चोट नलागी बचे पाइलट

डिसी नेपाल
१ जेठ २०७८ १८:१५
632
Shares

काठमाडौं। अमेरिकाको कोलोराडोमा बुधबार २ विमान आकाशमा एक आपसमा ठोक्किए । दुर्घटना भइहाले पनि विमानमा भएका सबै जनालाई कुनै चोट नलागी सुरक्षित बचाउन सकियो । सीएनएनका अनुसार २ साना विमान डेनवर नजिकै हावामा ठोक्किएका थिए । दुवै विमानमा भएका पाइलटहरुको प्यारासुट सही समयमा खुले जसबाट उनीहरु आरामले जमिनमा पुग्न सके र उनीहरुलाई कुनै चोट लागेन ।

ठक्करका कारण दुवै विमानलाई भने ठूलो क्षति पुग्यो र दुवै विमान जमिनमा खसे । दुवै विमानमा केवल १–१ जना पाइलट मात्र थिए । अरापाहो काउन्टी शेरिफको कार्यालयका प्रवक्ता जोन बार्टम्यानका अनुसार विमानमा केवल पाइलट थिए र ल्याण्डिङपछि कोही घाइते भएको सूचना छैन । उनका अनुसार विमानको पछिल्लो भाग क्षतिग्रस्त भएको छ । बार्टम्यानका अनुसार यस्तो परिस्थितिमा केही नराम्रो भएको अनुमान गरिन्छ तर यो आश्चर्यजनक थियो ।

अपाराहो काउन्टी शेरिफ विभागले दुर्घटनास्थलबाट तस्वीर शेयर गर्दै विमानमा सवार दुवै पाइलट घाइते नभएको बताएको छ । ‘मलाई लाग्छ यसको लागि चमत्कार शब्द प्रयोग गर्नु उचित हुनेछ । यो लट्री जितेको जस्तै हो’ बार्टम्यानले भने । उनका अनुसार दुर्घटनापछि व्यापक रुपले दुवै विमानको अवशेश छरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.