ट्रम्प सरकारका प्रभावशाली नेताको काण्डले हंगामा
काठमाडौं। अमेरिकामा एक प्रभावशाली र शीर्ष नेताको अनैतिक काण्डको खुलासाले हंगामा भएको छ । अमेरिकी कंग्रेसका सदस्य रहेका रिपब्लिकन नेता म्याट गेट्जको स्क्याण्डलको खुलासा भएको हो । उनीमाथि पैसा दिएर १५ जना युवतीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोप लागेको छ । गेट्जलाई ट्रम्प सरकारमा निकै प्रभावशाली मानिन्थ्यो । उनले घोटालाको आरोपबाट प्रभावित भएर उनले कोकिनको सेवन गरेर एक महिलासँग अवैध सम्बन्ध बनाएको दावी गरिएको छ ।
उनले यसको लागि महिलालाई सरकारी करको पैसाबाट १५ हजार डलर दिएका थिए । ती महिलालाई फ्लोरिडामा सामाजिक संजालसम्बन्धी कामको लागि जागिरमा पनि राखियो । काममा राखिएको भए पनि ती महिलालाई कहिल्यै सामाजिक संजालसम्बनधी काम भने गराइएन । द डेली बिस्टको रिपोर्टअनुसार कार्यक्रमपछि गेट्जको होटलको कोठामा एक पार्टीको समेत आयोजना गरिएको थियो ।
रिपोर्टमा २८ वर्षकी जालोन्का र गेट्जले कोकिनको सेवल गरेको दावी गरिएको छ । सूत्रले डेली बिस्टलाई बताएअनुसार जालोन्का र फ्लोरिडाका कांग्रेस नेताहरुबीच यौनको बदलामा पैसा को लेनदेन चलिरहेको थियो । रिपोर्टमा दावी गरिएअनुसार २०१७ मा म्याट गेट्जको लागि युवतीहरु राजी गर्ने प्रयोजनको लागि जालोन्का र ग्रिनबर्गको सम्बन्धको समेत प्रयोग गरिएको थियो ।
ग्रिनबर्ग गेट्जका साथी थिए । जोएल ग्रिनबर्ग धोखाधडी र यौन अपराधका ६ मुद्दामा सुनुवाइको लागि सोमबार अदालतमा उपस्थित हुँदैछन् । यस क्रममा अदालतमा गेट्जमाथि ट्रम्प फंडराइजरमा कोकिनसहितको पार्टीपछि एस्कर्ट मेगन जालोन्कालाई पैसा दिएको अभियोग पनि लगाइनेछ ।







डिसी नेपाल








Facebook Comment