इजरायल–प्यालेस्टाइन संघर्ष रोक्न सुरक्षा परिषदको आकस्मिक बैठक, राष्ट्रसंघले के भन्यो ?

डिसी नेपाल
३ जेठ २०७८ १०:२४
172
Shares

काठमाडौं। इजरायल–प्यालेस्टाइन संघर्षका बीच आइतबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो युद्ध तत्काल बन्द गरिनुपर्ने बताएका छन् । युद्धबिरामको लागि अन्तर्राष्ट्रिय दबाब बनाउनको लागि आयोजित आकस्मिक बैठकमा करिब २ दर्जन प्रतिनिधिहरु सहभागी थिए । यो महिना सुरक्षाा परिषदको अध्यक्ष चीन हो । बैठकको अध्यक्षता चीनका विदेशमन्त्री वांग यीले गरेका थिए ।

गुटेरेसले हिंसाको पछिल्लो सिलसिलाले मृत्यु र विनाशको सिलसिला सुरु भएको बताउँदै यो संघर्षले मिलेर बस्ने आशामा तुषारापात गरेको बताए । उनले यो संघर्ष तत्काल बन्द हुनुपर्नेमा जोड दिए । बैठकमा प्यालेस्टाइनका विदेशमन्त्री रियाद अल मलिकीले अमेरिका समेत अन्य देशको आलोचना गरे । यी देशहरुले इजरायललाई आफ्नो रक्षा गर्ने हक भएको भनेर समर्थन दिइरहेका छन् । उनले इजरायलले सुतिरहेका प्यालेस्टाइनी परिवारको सफाया गरिरहेको आरोप लगाए ।

संयुक्त राष्ट्रसंघमा इजरायलका स्थायी दुत गिलार्ड एर्दनले मलिकीको आरोपलाई अस्वीकार गर्दै इजरायल र हमासलाई एउटै तराजुमा जोख्नु ठिक नभएको बताए । उनले भने ‘हामी हाम्रा बालबालिकाको रक्षा मिसाइलबाट गर्छौं तर हमासले आफ्ना मिसाइलको रक्षाका लागि बालबालिकाको प्रयोग गर्छ । अमेरिकी दुत लिंडा थोमस ग्रिनफिल्डले संघर्ष बिरामका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनी नेतासँग कुरा गरिरहेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.