बिहे गर्न केटी अभाव !

डिसी नेपाल
३ जेठ २०७८ १७:१३
156
Shares

काठमाडौं। चीनमा हालै सम्पन्न जनगणनाले त्यहाँ लगभग ३ करोड अविवाहित पुरुषहरु बिहेका लागि केटीको खोजीमा रहेको देखाएको छ । यो संख्या कैयौं देशको कूल जनसंख्याभन्दा बढी हो । साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टअनुसार चीनमा लामो समयदेखि एउटा मात्र बच्चा जन्माउने प्रचलन रह्यो । चीनको एक बच्चा नीति करिब ४ दशक चल्यो जतिबेला छोरालाई पथमिकता दिइयो । यसको परिणाम अहिले ती छोराहरुले बिहे गर्न केटी पाइरहेका छेनन् ।

पछिल्लो जनगणनाअनुसार चीनमा छोरीको जन्ममा सामान्य वृद्धि भएको छ तर यो वृद्धिले पनि त्यहाँ जन्मिएका १ छोराको भागमा १ छोरी पुग्दैनन् अर्थात त्यहाँका हरेक केटाले एउटी केटी पाउँदैनन् । २०१० मा सम्पन्न अघिल्लो जनगणनामा चीनमा हरेक १०० केटी बराबर ११८.१ केटाहरु थिए । यो अनुपात अहिले घटेको छ र हरेक १०० केटी बराबर १११.३ केटाहरु छन् । तर, अझै पनि अनुपातमा भाग लगाउने हो भने सय जना केटाले सय जना केटीसँग बिहे गर्दा ११ जना केटाहरुले केटी पाउँदैनन् । अझै अनुपात सन्तुलित नभएकोले अहिले नै यो समस्याको समाधान हुने आशा छैन ।

नेशनल ब्युरो अफ स्टाटिस्टिक्सद्वारा जारी सातौं जनगणना रिपोर्टअनुसार गत वर्ष चीनमा १ करोड २० लाख शिशुको जन्म भएको थियो । यसमा प्रति १०० छोरी बराबर १११.३ छोराहरु छन् । २०१० मा हरेक १०० छोरी बराबर ११८.१ छोरा जन्मिएका थिए । यस हिसाबले लिंगको अनुपातमा केही सुधार भने देखिएको छ । प्रोफेसर स्टुअर्ट जिनटेन बेस्टनका अनुसार चीनमा आम रुपमा मानिसहरु आफूभन्दा निकै कम उमेरका केटीसँग बिहे गर्छन् । तर जसरी यहाँ मानिसहरुको उमेर बढिरहेको छ यसले स्थिति गम्भीर भएको छ । अर्का प्रोफेसर बिजोन उल्परम्यानका अनुसार गत वर्ष १ करोड २० लाख शिशु जन्मिएका छन् तर उनीहरु विवाह गर्ने उमेरसम्म पुग्दा ६ लाख केटाहरुले विवाहको लागि केटी पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.