विश्व प्रसिद्ध अमेरिकी गायक सगरमाथा चढ्दै

डिसी नेपाल
३ जेठ २०७८ २१:४१
232
Shares

काठमाडौं। अमेरिकी प्रख्यात गायक माइक पोस्नर, ३३, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बेस क्याम्प पुगेका छन् । सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल पुगेको खुलासा गरेका हुन् । नेपाल पुगेर आफू अत्यन्त खशी भएको पनि उनले उल्लेख गरेका छन् ।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो । सन् २०१५ मा रिलिज भएको आइ टुक अ पिल इन इविजा शिर्षकको उनको गीत २७ देशमा टप टेनभित्र पर्न सफल भएको थियो । यही गीत अमेरिकाको विलवोर्ड हट १०० को टप ५ भित्र परेको थियो ।

यतिमा मात्रै उनको सफलता सकिंदैन । उनी विश्वप्रसिद्ध ग्रामी अवार्डका लागि समेत मनोनयनमा परेका थिए । सन् २०१७ मा उनको आइ टुक अ पिल इन इविजा गीत सङ्ग अफ द इयर ग्रामी अवार्डको लागि मनोनयनमा परेको थियो । यस्तै सोही गीत २०१७ मै आइहर्ट रेडियो म्युजिक अवार्डका लागि डान्स सङ्ग अफ द इयर र बेस्ट म्युजिक भिडियो विधामा मनोनयनमा परेको थियो ।

त्यसअघि २०१६ मा पनि सोही गीत एमटिभी भिडियो म्युजिक अवार्डका लागि बेस्ट इलेक्ट्रोनिक भिडियो र एमटिभी युरोप म्युजिक अवार्डसका लागि बेस्ट सङ्ग विधामा समेत मनोनयनमा परेको थियो । उनी २०१० मा जेड अवार्डका लागि बेस्ट न्यू आर्टिस्ट र एमटिभी युरोप म्युजिक अवार्डका लागि बेस्ट पुस एक्टमा पनि मनोनयनमा परेका थिए ।

कविता संग्रह टियर ड्रप्स एण्ड ब्यालुन्स का सर्जक माइकले कैयौ गीत समेत लेखेका छन् । केही गीत सहलेखन पनि गरेका छन् । उनको सहलेखनमा मरुन ५ को सुगर, जस्टिन विवरको ब्वाइफ्रेन्ड आदि पर्छ भने फरेल विलियम्स, स्नुप डोग, विज खलिफा लगायत गायकले उनका गीत गाएका छन् । सन् २०१९ मा माइकले अमेरिकाको पूर्वी कोष्ट न्यू जर्सीदेखि पश्चिम कोस्ट लस एन्जल्ससम्मको २ हजार ८ सय ५१ माइलको दूरी ६ महिना पैदल हिँडेर पूरा गरेका थिए ।

दुईवर्ष यता कोभिडका कारण विदेशी पर्यटकको आवागमन ठप्पप्रायः छ । यस्तो अवस्थामा गत हप्ता बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफाले सगरमाथाको सफल आरोहण गरे । अहिले प्रख्यात गायक माइक सगरमाथाको चुचुरोमा पुग्न प्रयासरत छन् । यसले खस्कदो पर्यटन व्यावसायलाई केही त्राण मिलेको हुनुपर्छ ।

(एजेन्सीको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.