ताउते आँधीले समुद्रमा भारतीय जहाज डुब्यो, १३० जना बेपत्ता, अर्को जहाज पनि डुब्ने त्रास
काठमाडौं। अरब सागरबाट सुरु भएर भारतमा ठोक्किन आएको समुद्री आँधी ताउतेका कारण समुद्रमा फसेको भारतीय जहाज डुबेको छ । मुम्बइबाट १७५ किलोमिटरको दूरीमा रहेको हिरा आयल फिल्ड्स नजिकै फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुबेको हो । मुम्बइ मिररका अनुसार भारतीय नौसेनाले यो जहाजमा सवार १४६ जनाको उद्धार गरेको छ । १३० जनाभन्दा धेरै बेपत्ता छन् ।
यही ठाउँमा अर्को एक भारतीय जहाज फसेको छ । यो जहाजमा फसेकालाई उद्धार गर्नको लागि आइएनएस कोलकातालाई पठाइएको छ । अर्को जहाजमा १३७ जना सवार भएको बताइएको छ । यीमध्ये ३८ जनालाई सुरक्षित निकालिएको छ । भारतीय नौसेनाका प्रवक्ता कमाण्डर विवेक मधवालले भने ‘बाम्बे हाइ इलाकामा रहेको हिरा तेल क्षेत्रमा जहाज पी–३०५ को सहयोगको लागि आइएनएस कोच्चीलाई पठाइएको थियो । आइएनएस तलवारलाई पनि खोजी र राहत अभियानका लागि तैनाथ गरिएको थियो ।’
उनका अनुसार त्यही ठाउँमा फसेको अर्को जहाज जीएएल कन्स्ट्रक्टरबाट पनि आकस्मिक सहयोगको आग्रहसहितको सन्देश प्राप्त भएको थियो । यो जहाजमा १३७ जना सवार छन् । त्यो जहाज मुम्बइ तटबाट ८ नटिकल माइल (करिब १५ किलोमिटर) टाढा छ । यसको सहयोगको लागि आइएन्एस कोलकातालाई पठाइएको छ । नेभीका हेलिकप्टर स्ट्याण्डबाइमा राखिएको छ । मौसम सुधार भएपछि हेलिकप्टरलाई उद्धारमा परिचालन गरिनेछ ।







डिसी नेपाल








Facebook Comment