कोरोनाले जुम्ल्याहा दाजुभाइको एकैपटक मृत्यु, साथमा जन्मिए, साथमा बाँचे र साथमै मरे
काठमाडौं। कोरोनाभाइरस महामारीले कैयौं परिवारलाई निकै गहिरो घाउ दिएर गएको छ । ती घाउहरुमध्ये कतिपय यस्ता छन् जुन घाउ परिवारले कैयौं वर्षसम्म बिर्सन सक्ने छैनन् । एकैपटक जन्मिएर २४ वर्षसम्म सँगसँगै बाँचेका दुई दाजुभाइको कोरोनाभाइरसका कारण एकसाथ मृत्यु भएको दर्दनाक घटना सार्वजनिक भएको छ । भारतीय दैनिक अखबार अमर उजालाका अनुसार घटना उत्तर प्रदेशको मेरठको हो ।
यी जादुभाइ दुवै इन्जिनियर थिए । उनीहरु दुवै कोरोनाभाइरसबाट संक्रमित भए र उनीहरुको उपचारको क्रममा एकसाथ मृत्यु भयो । उनहिरुका आफन्त र परिचितहरुका अनुसार यी दाजुभाइ धेरैजसो समय साथमै रहन्थे । यी जुम्ल्याहा दाजुभाइका पिता मेरठको थोमस स्कुलमा शिक्षक छन् । यी दाजुभाइ संक्रमित भएपछि करिब २० घण्टा जीवनको लागि संघर्ष गरेका बताइएको छ । जानकारी अनुसार यी दाजुभाइ साथमै इन्जिनियर बनेका थिए ।
गएको २३ अप्रिलमा मात्र यी दाजुभाइले २४ औं जन्मदिन मनाएका थिए । मेरठको छाउनीका ग्रेगरी रेमन्ड राफेलका दुई छोराहरुको नाम जोफ्रेड र राल्फ्रेड थियो । जन्मदिनको ठिक १ दिन पहिले उनीहरु कोरोना संक्रमित भएका थिए । उनका पिता ग्रेगरीका अनुसार दुई छोराहरुको मृत्युपछि अब परिवारमा ३ जना मात्रै बाँकी छन् र परिवार क्षत विक्षत भएको छ । पिताका अनुसार दुई छोराको जन्ममा केवल ३ मिनेट फरक थियो ।







डिसी नेपाल








Facebook Comment