युद्धमा होमिएको इजरायललाई अमेरिकाले ७३५ मिलियन डलरको हतियार दिने, टर्की आक्रोशित
काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच १० दिनदेखि जारी संघर्षले त्यहाँका जनताको जीवन कष्टकर बनेको छ । खासगरी गाजापट्टिका प्यालेस्टाइनीको आधारभूत आवश्यकताका साधनहरु पनि ध्वस्त भएका छन् ।
इजरायलको हवाइ आक्रमणले गाजापट्टिमा रहेको एकमात्र कोभिड परीक्षण प्रयोगशाला ध्वस्त भएको छ । इजरायलले जानीजानी यो प्रयोगशाला ध्वस्त पारेको आरोप लागेको छ । यही बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्ने प्रस्तावलाई स्वीकृति गरेका छन् ।
वाशिङटन पोस्टको रिपोर्टअनुसार अमेरिकी सांसदहरुले यो सम्झौतामा आपत्ति जनाउने सम्भावना छैन किनकि अमेरिकामा डेमोक्र्याट वा रिपब्लिकन जो भएपछि इजरायललाई निकै समर्थन गर्छन् । उता अमेरिकाले यो सम्झौतालाई स्वीकृति दिएपछि टर्की आक्रोशित भएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बाइडेनको नामै उल्लेख गरेर भने ‘तपाइँले मलाई यो भन्न बाध्य पार्नुभएको छ कि तपाइँ आफ्ना रक्तरंजित हातले इतिहास लेख्दै हुनुहुन्छ ।’
इजरायल–प्यालेस्टाइन मामिलामा अरब देशहरुमा पनि संशय छ । इस्लामिक देशहरुको संगठन ओआइसीको बैठकमा इजरायललाई अल अक्सा मस्जिदमा कब्जा गर्ने कोसिस गरेमा भयानक परिणाम आउने चेतावनी दिइएको छ । बैठक साउदी अरेबियाले बोलाएको थियो । तर, साउदी आफैंले अमेरिकी लडाकू विमानलाई जमिन दिएको छ । इजरायलले यसको प्रयोग इजरायलको समर्थनमा गर्न सक्छ ।







डिसी नेपाल








Facebook Comment