अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग, दिउँसो २ बजे आइपुग्ने

डिसी नेपाल
७ जेठ २०७८ १३:१२
72
Shares

काठमाडौं । कोरोना महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिएको छ । अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ । उक्त जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ । गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी गराएका छन् ।

कोभिड–१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ । ‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड–१९ महामारीविरुद्ध लड्न दक्षिण एसियाली मुलुकलाई सहयोग गर्छ’ उनले भनेका छन् ।

त्यस्तै, ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपालमा बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.