पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना गरी २ हजार ४ सय ११ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७ हजार ८९० जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १७७ जना थपिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment