राष्ट्रपतिले हस्ताक्षर सनाखत गर्न चाहे देउवा समर्थक सांसद तयार छन् : नेता लेखक (अन्तर्वार्ता)
काठमाडौं। काँग्रेस नेता रमेश लेखकले अबको प्रधानमन्त्री शेर बहादुर देउवा नै हुनुपर्ने दाबी गरेका छन्। डिसी नेपालसँग ब्रिज टक कार्यक्रममा अर्जुन दाहालसँको अन्तर्वार्तामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत दाबी गर्न नमिल्ने जिकिरसमेत गरेका छन्।
‘संसदबाट दुईचोटी पराजित भैसकेको मान्छेले बहुमत दाबी गर्न मिल्दैन’, उनले भने , ‘आफैँले बहुमत नपुगेर राष्ट्रपति समक्ष अर्को सरकारका लागि प्रक्रिया बढाउन लगाउने अनि आफैँ फेरि बहुमतको दाबी गर्नु संविधान सम्मत हुँदैन। ’
राष्ट्रपतिसमक्ष शुक्रबार गरिएको दाबीमा हस्ताक्षर सहितको दाबी देउवाले मात्र लागेको उनले बताए। ओलीले सबै सांसदको हस्ताक्षर नभई पत्र मात्र लगेको पनि उनले बताए।
राष्ट्रपतिले देउवालाई समर्थन गर्ने सांसदहरुको भेरीफाई गरे सांसदहरु उपस्थित हुन तयार रहेको पनि उनले बताए। वर्तमान सरकारले विभिन्न समयमा संविधानको मर्मविपरित काम गरेको भन्दै उनले अझै षड्यन्त्र हुनसक्ने आशंका पनि व्यक्त गरे।
उनले चुनावमा जान काँग्रेसलाई कुनै समस्या नभएको बताएका छन्। प्रतिपक्ष दलको संवैधानिक दायित्व पूरा गरेर नै सरकारमा काँग्रेसले दाबी गरेको उनले बताए।







डिसी नेपाल








Facebook Comment