बेरोजगारी भत्ता पाएपछि मानिसहरुले काम गर्न छाडे, व्यवसायिक क्षेत्रमा कामदार अभाव

डिसी नेपाल
८ जेठ २०७८ ८:५६
220
Shares

काठमाडौं। धनी देशहरुमा लकडाउन खुकुलो पारिएसँगै अर्को आथिृक समस्या देखिएको छ । व्यवसायिक क्षेत्रले कामदारको अभावप्रति चिन्ता व्यक्त गरिरहेको छ । अमेरिकामा पैसाको खर्चमा वृद्धि भएपछि रोगगारीका धेरै अवसर सृजना भएका छन् । तर, यी जागिरमा काम गर्न चाहने मानिसहरु भने निकै कम छन् । मानिसहरु यी जागिर गर्न चाहँदैनन् । अमेरिकामा ८० लाखभन्दा धेरै जागिर खाली छन् ।

अन्य देशहरुमा पनि कामदारहरुको कमी छ । कैयौं कम्पनीहरुले स्टाफ भर्ना गर्नको लागि आकर्षक सुविधा दिइरहेका छन् । तलब बढाइएको छ । अमेरिका सरकारले प्रतिहप्ता ३ सय डलर बेरोजगारी भत्तँ दिएपछि यहाँ कामदारको कमी भएको व्यवसायिक क्षेत्र मान्छ । कैयौं विशेषज्ञ भने सरकारी सहयोगका कारण मानिसहरु कामबाट पछि हटेको मान्न तयार छैनन् ।

अमेरिकाबाहिर पनि स्थिति यस्तै छ । बेलायतमा भाँडा माझ्ने कामदारले पूरै तलब लिएर १२ घण्टा तातो किचनमा काम गर्नुभन्दा स्वभाविक रुपमा सरकारी भत्ताबाट तलबको ८० प्रतिशत लिन रुचाउँछन् । अस्ट्रेलियाले भने मार्चमा भत्ता दिन बन्द गरेको छ तर त्यहाँ पनि कामदारको अभाव छ ।

एक अनुमानअनुसार धनी देशमा महामारीभन्दा अगाडिको तुलनामा अहिले करिब ३ करोड कम कामदारले काम गरिरहेका छन् । बेलायतमा १७ मेदेखि बार र पब खुलेका छन् । त्यहाँ बारटेन्डर चाहिएको छ तर काम गर्ने कामदारको अभाव छ ।अस्ट्रेलियामा पहिलेको तुलनामा ४० प्रतिशत काम खाली छन् । स्विट्जरल्याण्डदेखि जर्मनीसम्म काम पहिलेको तुलनामा धेरै खाली छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.