इजरायल–प्यालेस्टाइनका विषयमा अमेरिकी राष्ट्रपति बाइडेनको महत्वपूर्ण बयान
काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच जारी संघर्ष रोकिएको छ । ११ दिनको संघर्षपछि इजरायल र प्यालेस्टाइन सिजफायरको लागि राजीभए । युद्धबिरामका लागि अहम भूमिका निभाएका अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायलको सुरक्षाप्रति आफ्नो प्रतिबद्धतामा कुनै परिवर्तन नआएको बताएका छन् । उनले आफ्नो पार्टी स्पष्ट रुपमा बेन्जामिन नेतन्याहुको साथमा रहेको बताए ।
सिजफायर एक राम्रो पहल भएको बताउँदै बाइडेनले अहिलेलाई यो समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए । आफ्ना डेमोक्रेटिक सांसदहरुको स्थिति र उनीहरुको प्रतिबद्धताको विषयमा गरिएको प्रश्नमा बाइडेनले सांसदहरुको स्थिति र प्रतिबद्धतामा कुनै परिवर्तन नआएको बताए । उनले दुई देशबीच समाधान खोज्नुपर्ने आवश्यकता अगाडि आएको र यही सबैभन्दा ठूलो परिवर्तन भएको उनले बताए । बाइडेनले यो संघर्षविराम कायम रहोस् भनेर आफूले प्रार्थना गरिरहेको बताउँदै नेतन्याहुले आफूसँग गरेको प्रतिबद्धता पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।







डिसी नेपाल








Facebook Comment