डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी विभाजित, ३५ सांसदले ट्रम्पको विपक्षमा मतदान गरे

डिसी नेपाल
८ जेठ २०७८ १६:५३
508
Shares

काठमाडौं। अमेरिकामा राष्ट्रपतिको निर्वाचनपछि त्यहाँको संसद भवन क्यापिटल हिलमा ६ जनवरीमा भएको हिंसाको मामिलामा त्यहाँको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले सद्वदलीय जाँच कमिसनलाई स्वीकृति दिएको छ । जाँच कमिसन गठन गर्ने विषयमा हाउसमा प्रस्ताव आएपछि ट्रम्पको रिपब्लिकन पार्टी विभाजित भएको छ ।

प्रस्ताव पेश भएपछि ३५ जना रिपब्लिकन सांसदहरुले ट्रम्पको विपक्षमा अर्थात जाँच कमिसन गठन गर्ने पक्षमा मतदान गरे । ट्रम्पको रिसको पर्वाह नगरी यसरी रिपब्लिकन सांसदहरुले कमिसन गठन गर्ने विषयमा डेमोक्रेटलाई साथ दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यो प्रस्तावको १७५ सांसदहरुले विरोध गरे जबकि यसको समर्थनमा २५२ भोट परे । प्रस्तावलाई अनुमोदनको लागि माथिल्लो सदन सिनेटमा पठाइएको छ ।

सिनेटमा यो प्रस्ताव पारित हुनको लागि डेमोक्रेट सांसदहरुसहित कम्तीमा १० जना रिपब्लिकन सांसदहरुले पनि यसको पक्षमा मतदान गर्नुपर्ने हुन्छ । यहाँ १० जना रिपब्लिकन सिनेटरले जाँच कमिसनको पक्षमा मतदान गर्नु कठिन कुरा हो । तर, हाउसमा देखिएको विद्रोह हेर्दा रिपब्लिकन सिनेटरहरु प्रस्तावको पक्षमा जान सक्ने सम्भावनालाई नकार्न सकिन्न । हाउसमा ट्रम्पको पार्टीका तीन सांसद प्रस्तावको पक्षमा खुलेर बोलेका थिए । उनीहरुले क्यापिटल हिंसाको कडा आलोचना गर्दै यसको लागि ट्रम्पको भाषणलाई जिम्मेवार भनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.