१४ वर्षकी किशोरीले बच्चा जन्माइन, सालनालसहितको बच्चा अपरिचितलाई थमाएर फरार
काठमाडौं। अमेरिकाको न्यू जर्सीमा १४ वर्षकी एक किशोरीले बच्चा जनमाइन् । त्यसपछि उनी त्यो बच्चा काखमा लिएर एक रेस्टुरेन्टभित्र पसिन् । उनको काखमा भएको बच्चा सालनालसहितकै थियो । उनले बच्चा रेस्टुरेन्टमै रहेका एक जना ग्राहकलाई समाउन दिइन् र फरार भइन् । रेस्टुरेन्टका एक कर्मचारीका अनुसार रेस्टुरेन्ट प्रवेश गर्ने बेलामा ती किशोरीलाई हेर्दा उनी तनावमा भएजस्तो देखिन्थ्यो ।
द जर्सी जर्नलका अनुसार यो पूरै घटना रेस्टुरेन्टमा जडान गरिएको सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । रेस्टुरेन्टका कर्मचारी फ्रेंकी एगुइलरका अनुसार किशोरी रेस्टुरेन्टमा आउँदा उनको हातमा नयाँ नवजात बच्चा थियो र त्यहाँ आएर उनले सहयोग मागेकी थिइन् । उनले रेस्टुरेन्टमा भएका एक ग्राहकको हातमा बच्चा थमाएपछि उनी त्यहाँबाट हिँडिन् । रेस्टुरेन्टमै रहेकी एक ग्राहक एलेज स्कटका अनुसार त्यतिबेला उनी आफ्ना प्रेमीसँग बसेर खाना खाँदै थिइन् । त्यही बेला बच्चासहित आएकी निकै कम उमेरकी किशोरीले उनीसँग सहयोग मागेकी थिइन् ।
स्कटले शिशुका महत्वपूर्ण अंगको जाँच गराइदिने अफर गरिन् त्यसपछि ती किशोरी रेस्टुरेन्टबाट निस्केर हिँडिन् । स्कटका अनुसार बच्चालाई सास फेर्न सकस्या भइरहेको थियो जसबारे सूचना दिइएपछि पुलिस अधिकारीहरु अक्सिजन उपकरणसहित रेस्टुरेन्टमा आएका थिए । स्कटका अनुसार उनले बच्चाको मुखमा अक्सिजन मास्क लगाएपछि सबैले बच्चाको सुन्दर रोदन सुने र त्यसपछि बच्चा चल्न थाले । बच्चाले आँखा खोलेर फेरि बन्द गरे । बच्चालाई भोक लागिरहेको थियो ।
स्कटका अनुसार बच्चाले अक्सिजन मास्क चुस्ने कोसिस गरिरहेका थिए । बच्चाले यस्तो गरेको देखेपछि उनीहरु सबैलाई बच्चा ठिक भएको कुरामा विश्वास भयो । रेस्टुरेन्टका कर्मचारी एगुइलरका अनुसार गर्भनालसहितको बच्चालाई एम्बुलेन्समा जर्सी सिटी मेडिकल सेन्टर लगियो । पुलिस अधिकारीहरुले पछि किशोरीलाई फेला पारेर सोध्दा उनले बच्चा आफूले जन्माएको कुरा अस्वीकार गरेकी थिइन् तर पछि बच्चा आफ्नै भएको स्वीकार गरिन् । दुवैलाई अस्पताल भर्ना गरिएको छ जहाँ दुवै स्वस्थ छन् ।







डिसी नेपाल








Facebook Comment