प्रतिव्यक्ति आयमा बंगलादेशले भारतलाई उछिन्यो

डिसी नेपाल
९ जेठ २०७८ १३:३७
2.4k
Shares

काठमाडौं। बंगलादेशले प्रतिव्यक्ति आयमा छिमेकी देश भारतलाई उछिनेको छ । आर्थिक वर्ष २०२०–२१ मा बंगलादेशको प्रतिव्यक्ति आय २ हजार २२७ पुगेको छ । जबकि यही आथिृक वर्षमा भारतको प्रतिव्यक्ति आय १ हजार ९४७ मात्रै छ । बंगलादेशका योजनामन्त्री एमए मननले देशको प्रतिव्यक्ति आय वृद्धि भएको जानकारी दिएका हुन् । यससँगै बंगलादेशको प्रतिव्यक्ति आय भारतको भन्दा २८० डलर बढी भएको छ ।

‘आर्थिक वर्ष २०२०–२१ मा हाम्रो प्रतिव्यक्ति आय २,२२० डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो २,०६४ डलर थियो । जसअनुसार हाम्रो आर्थिक वृद्धिदर ९ प्रतिशत छ’ बंगलादेशका क्याबिनेट सचिव खन्डकर कनवरुल इस्लामले एक प्रेस ब्रिफिङमा भने । विश्वका अत्याधिक जनघनत्व भएका देशहरुमध्येको एक बंगलादेशले करिब ५ दशकसम्म गरिबी र विकासको कमीसँग संघर्ष गरेको थियो ।

सन् २००७ मा बंगलादेशको प्रतिव्यक्ति आय भारतको भन्दा आधा थियो । यदि अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण वर्ल्ड इकोनोमिक आउटलुकको प्रक्षेपण मान्ने हो भने बंगलादेशले एकपटक फेरि सन् २०२५ मा भारतलाई उछिन्नेछ । पछिल्ला कैयौं विश्लेषणका अनुसार बंगलादेशको यो आर्थिक वृद्धिको पछाडिको प्रमुख कारक यहाँको स्थिर नागरिक सरकार र छिमेकीबाट लिन सकिने लाभको सही उपयोग हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *