हजारौं जना सहभागी सरकारी समारोहको स्क्रिनमा अचानक छाडा भिडियो बज्न थालेपछि…
काठमाडौं। अर्जेन्टिनामा एक नेताले त्यो समय अत्यन्तै लज्जाबोध गर्नुपर्यो जब उनको जूम स्क्रिनलाई कसैले ह्याक गरिदिए र अचानक त्यो स्क्रिनमा छाडा भिडियो चल्न थाल्यो । गुस्ताभो बोर्डेट नामका यी राजनेताले अनलाइनमा युवा केन्द्रित एक कार्यक्रम गराइरहेका थिए । यो कार्यक्रममा एक दर्जन नेता र अभियन्ता वक्ता थिए भने हजारौं युवाहरुले उक्त कार्यक्रम अनलाइनमार्फत लाइभ हेरिरहेका थिए ।
भाइसको रिपोर्टअनुसार गुस्ताभो मध्य अर्जेन्टिनाको एन्ट्रे रोयस प्रान्तका गभर्नर हुन् । उनको यो कार्यक्रममा हजारभन्दा धेरै मानिसहरु जूम एपमार्फत जोडिएका थिए । यो कार्यक्रम अर्जेन्टिनाको सत्ताधारी पार्टीका युवा सदस्यहरुले आयोजना गरेका थिए । यो कार्यक्रमको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा कार्यक्रमको जुम प्यानलमा पोर्न भिडियो चलिरहेको देख्न सकिन्छ । प्रशासनले यो कार्यक्रमको आधिकारिक भिडियो हटाइसकेको छ र यो मामिलामा कसैलाई पक्राउ गरिएको छैन ।
Soy optimista sobre el tiempo que viene. Tenemos que consolidar las cosas que nos unen, dar las discusiones de acuerdo a nuestras convicciones. Este #EncuentroGeneracional es un espacio muy necesario porque la juventud es el motor de las transformaciones. pic.twitter.com/UcRy9RAns0
— Gustavo Bordet (@bordet) May 18, 2021
आधिकारिक भिडियो हटाइए पनि ट्वीटरमा एउटा भिडियो शेयर गरिएको छ । जुन भिडियोमा प्रान्तकी भाइस गभर्नर बोलिरहेका बेला उनको पछाडि स्क्रिनमा छाडा भिडियो चलिरहेको देख्न सकिन्छ । यो कार्यक्रमलाई जेनेरेसनल मिटिङ भनिएको थियो र यसमा कोरोना महामारीको क्रममा आउने चुनौतीहरुका विषयमा चर्चा हुने भनिएको थियो ।
कोरोना महामारीका कारण जूम बैठक गर्ने प्रचलन विश्वभर बढिरहेको छ । यसका साथै ह्याकर पनि सक्रिय भएका छन् । यसअघि दक्षिण अफ्रिकाको संसद बैठकदेखि बेलायती फुटबल क्लवको बैठकसम्ममा स्क्रिन ह्याक गरेर अश्लील भिडियो चलाएको खबर आएका थिए ।







डिसी नेपाल








Facebook Comment