सन्दीपले ट्रीनबागोबाट सीपीएल खेल्ने

डिसी नेपाल
११ जेठ २०७८ १७:०१
68
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले ट्रीनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने भएका हुन् । सीपीएलले मंगलबार सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ ।

सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

२०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ । सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १९ मा हुनेछ । प्रतियोगितामा कुल ३३ खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.