विपक्षी गठबन्धनका शीर्ष नेताको बैठकमा के के भयो निर्णय ?
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताबीचको बैठकमा सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच छलफल भएको हो।
छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
बैठकमा काङ्ग्रेस महामन्त्री पुर्ण बहादुर खड्का ,सचेतक पुष्पा भुसाल, रमेश लेखक, राधेश्याम अधिकारी ,नेकपा माओवादी केन्द्रका नेता देव प्रसाद गुरुङ, अधिवक्ता मुक्ति प्रधान लगायत पनि सहभागी थिए ।
उनीहरुले सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।







डिसी नेपाल








Facebook Comment