दिगो शहरी विकासको लक्ष्य हासिल गर्नका लागि एसियाका मेयरहरुको छलफल
काठमाडौं। एसिया प्यासिफिक मेयर एकेडेमीले दिगो शहरी विकासको लक्ष्य हासिल गर्नका लागि मेयरहरुसँग छलफल गरेको छ। मंगलबार भर्चुअल माध्यामबाट भएको छलफलमा विषेसगरी विश्वका अन्य देशहरुको दिगो शहरी विकासको लक्षलाई नेपालमा कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा कुरा भएको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले जानकारी दिए।
उनका अनुसार सन २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नका लागि एसिया प्यासिफिक मेयर एकेडेमीले छलफल गरेको हो। उक्त छलफलमा स्थानीय जनताहरुको गरिवी निवारण, सामाजिक सहभागित पूर्वाधारमा पहुँचलगाय विषयमा लक्ष प्राप्त गर्ने बारे छलफल भएको छ।
दक्षिण एसियामा नै नेपालबाट धुलिखेल नगरपालिका उक्त दिगो शहरी विकासको लक्ष्य प्राप्तिका लागि छानिएको पनि मेयर ब्याञ्जुले जानकारी दिए। उनले भने, ‘धुलिखेल नगरपालिकाले सहस्राब्दी लक्ष्य पूरा गर्नका लागि, हामीले गरेका काम र एसिया क्षेत्रमै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ र यो क्रमशः स्थानीय सरकारलाई जनताको नजिक पु-याउने र त्यसलाई पारदर्शी र जवाफदेयी बनाउने काम पनि हो।’
दिगो शहरी विकासको लक्ष्य पूरा गर्न स्थानीय सरकारले गरेको कामको मूल्याङ्कन अन्तराष्ट्रिय संस्थाले गर्ने गरेको उनको भनाइ छ। उनले भने, ‘धुलिखेल नगरपालिका शिक्षामा कहाँ छ, स्वास्थ्यमा कहाँ छ, उद्योगमा कहाँ छ, जनताको जीवनस्तर, सहमागितामूलक साझेदारी, खानेपानीको पहुँच पुगे नपुगेको एउटा अन्तराष्ट्रिय संस्थाले मूल्याङ्कन गरिरहेको छ।’
लक्ष प्राप्तिको आधार बलियो भए नभएको थाहा पाउन पनि भोलेन्टियरी लोकल रिभ्यू भन्ने प्रोसेसबाट चेक गर्ने गरिएको उनले बताए। ‘यसका लागि दक्षिण एसियाबाट २ वटा नगरपालिका छनोट भएको छ। नेपालको धुलिखेल नगरपालिका परेको छ, भने अर्को बंगलादेशको नगरपालिका हो,’ ब्याञ्जुले भने।
स्थानीय तहले दिगो विकासको लक्ष्यलाई प्राथमिकतामा राखेर काम गरेको छ, त्यो सफल भएको छ, नेपालमा पनि त्या गर्नु प-यो भन्ने विषयमा पनि छलफल भएको उनले बताए।
उनले भने, ‘त्यसो हुँदा स्थानीय जनताको गरिवी निवारणको कुरा, शिक्षामा पहुँच पु-याउने कुरा, भौतिक पूर्वाधारमा पहुँचको कुरा, जनताको आर्थिक अवस्था सबल बनाउने कुरा, चेतना विकास गर्ने काम हुन्छन्। जापानले लिएको लक्ष्यको अनुभव, ताइवानले लिएको लक्ष्य, मलेसियलाले लिएको लक्ष्यको अनुभव पनि छलफलका विषय बनेका थियो।








डिसी नेपाल








Facebook Comment