काेराेनाकाे आडमा सरकारले राजनीतिक अभिष्ट पूरा गर्न लागेकाे कांग्रेसकाे आराेप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोरोनाको आडमा राजनीतिक अभिष्ट पूरा गर्न तर्फ लागको आरोप लगाएको छ। बुधबार विहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राजनीतिक अभिष्ट पूरा गर्न जनतामाझ आतंक फैलाइरहेको आरोप लगाएको हो।
बैठकपछि पत्रकासँग कुरा गर्दै कांग्रेस महामन्त्री डा. प्रकाश शरण महतले कोरोनाको आडमा राजनीति गर्न खोजेको भन्दै सरकारको आलोचना पनि गरे। उनले भने, ‘सरकार कोभिड संक्रमलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ। जनतामा आतंक फैलाउन खोज्दै छ। २ दिन भित्र किनमेल गर भन्ने किसिमका कुराहरु गर्दैछ।’
काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइका साथ पालना गराउन सरकारले २ दिनमा एक हप्ताको लागि आवश्यक खाद्यान खरिदका लागि अनुरोध गरेको थियो।
महामन्त्री महतले भने, ‘सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता सँगै दुर्गम गाउँ गाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोशिस हो। नेपाली कांग्रेस यसको घोर भत्र्सना गर्दछ।’
सरकारले आफ्नो असंवैधानिक कदमलाई बैधानिक बनाउनका लागि परेको उनले आरोप लगाए। महामारीका बेला जनताको दैनिक सहज बनाउने भन्दा पनि राजनीतिक दुने सोझ्याउने तर्फ सरकार लागेको उनको भनाइ छ।
कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भत्र्सना गरेको डा. महतले बताए।







डिसी नेपाल








Facebook Comment