मतदातालाई प्रभाव पार्ने नयाँ कार्यक्रम बजेटमा नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुकाे आग्रह

डिसी नेपाल
१३ जेठ २०७८ १०:४४
112
Shares

काठमाडौैं। पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभाव पार्ने गरी नयाँ कार्यक्रम बजेटमा नराख्न आग्रह गरेका छन्। बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

‘२०७८ कात्तिक, मंसीरमा प्रस्ताविक प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान काम चलाउन सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरुले यो विषयमा आफ्नो संवैधानिक दायित्व ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई सजग गराउन आग्रह पनि गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.