कोरोना अपडेटः ७२२६ जनाले जिते कोरोना

डिसी नेपाल
१३ जेठ २०७८ १६:३६
632
Shares

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७,२२६ जनाले कोरोना जिथतेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिएका छन् भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.