स्वास्थ्यकर्मीमाथि भएको कुटपिट खेदजनकः राष्ट्रपति

डिसी नेपाल
१४ जेठ २०७८ १५:५३
108
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकेस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट खेदजनक रहेको बताएकी छन्। विहीबार साँझ भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए।

राष्ट्रपति भण्डारीले शुक्रबार एक ट्वीट गर्दै भेरी अस्पताल प्रकणबारे प्रतिक्रिया दिएकी हुन्। उनले भनेकी छन्, आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.