बेबी किङ नमान्दा गणतन्त्र : अन्तिम राजा ज्ञानेन्द्रले भनेका थिए-बेबी किङ अन माई डेड बडी’

डिसी नेपाल
१५ जेठ २०७८ ९:२०
139.3k
Shares

नेपालमा राजा फाल्न चाहने वाह्रय शक्तिको खेल नयाँ थिएन। २०३५ तिरको कुरा हो। राजा वीरेन्द्रले बीपीलाई थुना मुक्त गरी उपचारका लागि अमेरिका पठाएका थिए । त्यही वेला यता ओखलढुंगा काण्डमा पक्राउ परेका यज्ञवहदाुर थापा र विराटनगर बम काण्डको अभियोगमा पक्राउ परेका भिमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिइयो।

यो घटनाले दरवार र बीपी विच अविश्वासको वातावरण श्रृजना गराएको थियो। बीपी र राजा जुधाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा विदेशी र स्वार्थी पञ्चहरू सकृय थिए। यस्तै अन्योलका चलिरहँदा राजतन्त्रअन्त्य गरी बीपीलाई नेपालको पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिने प्रस्ताव लिएर कोही व्यक्ति जयबागेश्वरीस्थित उनको निवासमै पुग्यो।

यो प्रसंगमा बीपीले कांग्रेस नेता वलदेव मजगैयालाई सुनाएका थिए। विश्वासिलो भएका कारण बनारसदेखि नै मजगैयासँग बीपी भन्नै नहुनेबाहेक सबै विषयमा खुलेर कुरा गर्थे।’ पूर्वमन्त्री मजगैयाले लेखकलाई सुनाए ‘यो कुरा कसैलाई सेयर गरेको थिइनँ। बीपीले आफूलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको सुनाएपछि मैले सोधें-सान्दाजु त्यो व्यक्ति नेपाली, भारतीय वा अमेरिकी हो कि अरूनै कोही हो। उहाँले भन्नुभयो- तीमध्ये कोही पनि होइन । मैले दुईपटक त्यो मानिसबारेमा बुझ्न खोजें, तर उहाँले बताउनुभएन । बीपीसँग थप सोध्ने आँट त्यो बेला ममा आएन।’

सोल्टी होटलका मालिक प्रभाकर शमशेर राणा, एक रात राजाका साथ पिउँदै कुरा गर्दै थिए । राजा ज्ञानेन्द्रले हातको ग्लास भूईमा झारिदिए र भने –प्रभाकर म यो ग्लास झै चकनाचुर हुन सक्छु तर यिनीहरुसँग झुक्दिन ।

प्रस्ताव लिएर आउने मानिसलाई बीपीले भनेछन्, ‘यति ठूलो निर्णय गर्नुअघि साथीहरूसँग छलफल गर्न मलाई कम्तीमा ४८ घण्टा चाहिन्छ।’
त्यो बेला बीपीले दरबारलाई गुन लाए भन्ने हल्ला व्यापक चलेको थियो। यस प्रसंगमा जिज्ञाशा राऋदा बीपी पुत्र शसांक कोइरालाले लेखकलार्य भने ‘सायद राजासँग कुनै प्रकारले बीपीको संवाद भएको हुनुपर्छ।’

संयोग नै भनौं । बीपीलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको ४८ घण्टाभित्रै जनमतसंग्रह घोषणा भयो । अनि राष्ट्रवादी छविका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई राजीनामा गराइयो र भारत निकट मानिएका सूर्यबहादुर थापा प्रधानमन्त्री बने ।

जनमतसंग्रह घोषणालगत्तै गणतन्त्रको प्रस्ताव गर्ने उही व्यक्ति फेरी बीपी निवास जयवागेश्वरी पुग्यो र बीपीलाई सोध्यो, ‘के निर्णय गर्नुभयो त बीपी ।’ बीपीले उसलाई भने, ‘जनमतसंग्रह घोषणा भयो अब हामी चुनावमै जान्छौं।’

कांग्रेस नेता मजगैया भन्छन्, ‘मैले बीपीसँग सोधेको थिएँ। तपाईं जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो। राजाले प्रजातन्त्र समाप्त पारे । संसद् भंग गरे। बिनापुर्जी तपाईंलाई ८ वर्ष थुनियो, ८ वटा राजकाज लगाइयो। यस्तो राजालाई किन राख्नुपर्‍यो सान्दाइ।’

बीपीसँगको वार्तालाप स्मरण गर्दै मजगैया भन्छन्, ‘मेरो आक्रोशपूर्ण जिज्ञाशा सुनेर सान्दाईले भन्नुभयो, राजसंस्थालाई चुट्कीको भरमा फाल्न सक्ने त्यस्तो शक्ति, जसले आफै बनाएको मानिसलाई फाल्न कति समय लगाउला रु हाम्रो देशको राजनीतिक स्थिरता के होला रु’ त्यो सुनेर मैले फेरी सोधे, ‘त्यसो भए सान्दाइ त्यति बेलै राजसंस्था फालेर गणतन्त्रमा हामी जान्नौं किन भन्नुभएन त रु मेरो चेहरातर्फ एकोहोरो हेर्दै बीपीले भन्नुभयो— मैले हुन्न भनेको भए उसले अर्को पात्र खोज्न सक्थ्यो । त्यो त झन् मुलुकको हितमा हुने थिएन ।’

धेरै समय पछि ईकागजमा अनलाईनमा मजगैयाले त्यस्तो प्रस्ताव बीपीलाई राख्ने व्यक्ति तत्कालीन रुसी राजदुत भएको खुलाशा गरेका छन् । उनी लेख्छन् –बीपीसँग प्रश्न गरेको थिएँ, ‘ती मानिस को हुन् । भारतीय हुन् रु अमेरिकी हुन् रु चिनियाँ हुन् रु’ बीपीबाट जवाफ आयो, ‘ होइनन्।’ त्यसपछि को हुन् भनी सोध्‍ने आँट आएन । तर मैले ‘रसियन हुन् रु’ भनेर सोध्‍न सकिनँ ।

त्यतिखेर भारत(रुसको २० वर्षे सामरिक सम्बन्ध कसिलो थियो । मलाई मनमा लाग्यो, ‘कतै यिनी रसियन त थिएनन् रु’ नेपालीको गणतन्त्रप्रतिको रुझान आफ्नो ठाउँमा होला । तर बाह्य तत्वहरूलाई के थाहा थियो भने ‘नेपालमा जबसम्म राजतन्त्र हटाइँदैन, तबसम्म अनुकूल भूमिका प्राप्त हुँदैन।’

तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टसंग लेखकले सोधेको थियो —के जनमत संग्रह ताका राजा हटाएर बीपीलाई राष्ट्रपति वनाउने खेल भएको थियो । मेरो अनुहार तर्फ हेरेर हाँस्दै विष्टले भनेका थिए–मलाई राजतन्त्र फाल्ने विषयमा थाहा छैन । तर रुस र भारतका विच वलियो सम्वन्ध थियो । रसियनहरु भारतलाई फाइदा हुने गरी काम गरि रहेका थिए ।

बीपी पुत्र सशांकले  भनेका छन्–जनमत संग्रह ताकाका राजनीतिक घटनाक्रम बीपी र राजा वीरेन्द्र विचको समझदारीमै भएका थिए जस्तो लाग्छ।

त्यो वेला बीपी राष्ट्रिय आवश्यकता वुझेर गणतन्त्रको प्रस्ताव अस्वीकार गरे । २०६२/०६३ को जनआन्दोलन पछि बीपीका भाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि दाजुको मेलमिलापको नीति राम्रैसँग बुझेका थिए।

राजा ज्ञानेन्द्र र युवराज पारसले गद्दि त्यागे वेविकिङ राख्न तयार थिए । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रबाट जस्तोसुकै अपमानित हुनुपरे पनि उनी आलंकारिक राजसंस्था राख्ने पक्षमै थिए । राजालाई विश्वास दिलाउन छोरी सुजाता र विदेश मामिला सल्लाहकार सुरेश चालिसेलाई खटाएका थिए । कोइरालाको बानी नै हो, एउटै मिसनका लागि एकैपटक धेरै मानिसलाई परिचालन गर्ने।

राजासँग कोइरालाका तर्फबाट कुरा गर्ने अर्का व्यक्ति थिए, सोल्टी होटलका मालिक प्रभाकर शमशेर राणा । एक रात राजाका साथ पिउदै सोल्टी होटलमा उनी कुरा गर्दै थिए । राजा ज्ञानेन्द्रले हातको ग्लास भूईमा झारिदिए र भने –प्रभाकर म यो ग्लास झै चकनाचुर हुन सक्छु तर यिनीहरुसँग झुक्दिन।

राजासँगको सम्वाद राणाले सुनाए पछि प्रधानमन्त्री कोइराला कठोर बन्दै गए। २०६४ को दसैंताका कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कोइरालाको जीवनीमा आधारित मेरो ‘सो’ का लागि अन्तर्वार्ता लिन विराटनगर गएको थिएँ ।

त्यही मौकामा टेलिभिजनमा तत्काल प्रसारण नगर्ने सर्तमा उनले भनेका थिए, ‘मैले बेबी किङको प्रस्ताव राखेको हुँ । तर राजाले ‘बेबी किङ अन माई डेथ बडी’ भन्ने सन्देश पठाए । अब त राजा रहँदै रहँदैनन् ।’

अन्वेषणन्यजुबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.