आईपीएलको बाँकी खेलहरु टी२० विश्वकप अगाडी युएईमा हुने
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा हुने भएको छ ।बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु युएईमा हुने जनाएको छ ।
कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै भारतमा जारी आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आईपीएलको बाँकी खेलहरु टी२० विश्वकप भन्दा अगाडी नै सेप्टेम्बर देखि अक्टोबरसम्म युएईमा गर्ने बीसीसीआईले जनाएको छ । खेलको मिति भने घोषणा भएको छैन् ।
प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment