जसपा विवादः ठाकुरसहित ४ जना नेतालाई २४ घण्टे स्पष्टीकरण, पार्टीबाटै निष्कासन गर्ने तयारी

डिसी नेपाल
१५ जेठ २०७८ १६:२१
200
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लालकर्ण, र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोधिएको हो।

यही वैशाख ८ गते बसेको पार्टीको कार्यकारिणी समितिको निर्णयअनुसार स्पष्टीकरण सोधिएको पार्टी कार्यालय सचिव प्रकाश अधिकारीले पठाएको पत्रमा उल्लेख छ। पत्रमा जवाफ चित्तबुझ्दो नभए निष्कासन गर्नेसमेत उल्लेख गरिएको छ।

उपेन्द्र समूहले ठाकुर समूहका नेताहरुलाई स्पष्टीकरण सोधेको हो। ठाकुर समूह वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा छ र सरकारमा जाने तयारी गरिरहेको छ भने उपेन्द्र समूह कुनै पनि हालतमा ओली सरकारको विकल्प खोज्ने भन्दै विपक्षीहरुको गठबन्धनमा छ। जसपामा दुबैतर्फबाट एकअर्कामाथि स्पष्टीकरण सोधिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.