आइपीएलका बाँकी खेल युएइमा हुने
काठमाडौं। इण्डियन प्रिमियर लिगका बाँकी खेल युएइमा हुने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को शनिबार बसेको विशेष आम बैठकमा यो निर्णय भएको हो । प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा हुनेछ । आइपिएल १४ का ३१ खेल खेल्न बाँकी छन् । यी सबै खेल युएइमा हुनेछन् । बीसीसीआइले मितिको घोषणा भने गरेको छैन । कैयौं टिममा कोरोना केस देखिएपछि ४ मेका दिन प्रतियोगिता स्थगित गरिएको हो ।
आइपिएल १४ स्थगित हुँदासम्म दिल्ली क्यापिटल्स ८ खेलमा ६ जीतका साथ शीर्ष स्थानमा छ । चेन्नइ सुपर किंग्स ५ जीतका साथ दोस्रो स्थानमा छ । ५ वटा खेल नै जितेको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ । आइपिएल १८ देखि २० सेप्टेम्बरमा सुरु हुने र १० अक्टोबरमा सकिने अपेक्षा गरिएको छ । फाइनलसहित ४ प्ले अफ, १० डबल हेडर र ७ सिंगल हेडर खेल हुने अपेक्षा गरिएको छ ।
आइपिएलको गएको १३ औं सिजन पनि युएइमा नै भएको थियो । युएइमा प्रमुख तीन स्टेडियम छन् । अबु धाबीको शेख जायद स्टेडियम, दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा खेल हुनेछन् । यी तीनवटै स्टेडियमको दूरी धेरै छैन त्यसैले यात्रा गर्न र बायो बबल तयार गर्न पनि सहज छ । बीसीसीआइले टि–२० विश्वकपको लागि आइसीसीसँग समय मागेको छ । आउँदो टि–२० विश्वकप भारतलाई आयोजना गर्न दिइएको भए पनि कोरोनाका कारण यो प्रतियोगिता भारतबाट ािर्ने चर्चा चलिरहेको छ ।







डिसी नेपाल








Facebook Comment