विश्व प्रसिद्ध अमेरिकी गायक सगरमाथाको आरोहणपछि काठमाडौं फर्किए

डिसी नेपाल
२० जेठ २०७८ १०:५७
180
Shares

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो सफल आरोहण गरेर अमेरिकी प्रख्यात गायक माइक पोस्नर   बिहीबार काठमाडौं आइपुगेका छन्। पोस्नर काठमाडौं आइपुगे सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए।

उनी काठमाडौंस्थित अल्फट होटलमा बसेको छन्। पोस्नरले मंगलबार विहान ४ बजेर ३५ मिनेटमा सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेक्सका अध्यक्ष शेर्पाले जानकारी दिए।

अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल पुगेको जानकारी दिएका थिए।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो।

सन् २०१५ मा रिलिज भएको आइ टुक अ पिल इन इविजा शिर्षकको उनको गीत २७ देशमा टप टेनभित्र पर्न सफल भएको थियो। यही गीत अमेरिकाको विलवोर्ड हट १०० को टप ५ भित्र परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.