गरिखानेहरूको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

डिसी नेपाल
२८ माघ २०८२ २२:१०
8
Shares

हेटौँडा। वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरूको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्न खोजेको बताएका छन्।

हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा बुधबार विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले काम गरेर खानेहरूको प्रदेश बनाउन खोजेको बताए।

शिक्षा क्षेत्रमा वाग्मती प्रदेशले एआईको युगलाई ध्यानमा राख्दै सिप, तालिम र रोजगारीसँग जोडिएको प्रविधिमैत्री शिक्षा प्रणाली अघि बढाइएको उनले बताए।

मुख्यमन्त्री बानियाँले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए। नयाँ पुस्ताले रोजेको जस्तो र खोजेको जस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिइ त्यो मार्गमा लैजान सकिने उनको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *