पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा तीव्रता दिन मन्त्री चौधरीको निर्देशन

डिसी नेपाल
१२ असोज २०८३ २०:३८

काठमाडौं । पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै आवश्यक पूर्वतयारी तीव्र बनाउन निर्देशन दिएकी छन्।

स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री चौधरीज्यूले साना तथा परम्परागत मासु व्यवसायीको संरक्षणसँगै व्यवसायलाई क्रमशः आधुनिकीकरण र व्यावसायीकरण गर्नुपर्नेमा जोड दिइन्।

उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *