नेपाली कांग्रेसको महाधिवेशन केही दिन धकेलिने

डिसी नेपाल
१२ असोज २०८३ १९:५९

काठमाडौं । नेपाली कांग्रेसले पूर्वनिर्धारित १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका केही दिन पर सार्ने तयारी गरेको छ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा सिर्जित विपद् र केही जिल्लामा जिल्ला अधिवेशनहरू सम्पन्न हुन बाँकी नै रहेकाले महाधिवेशन केही दिन सर्न सक्ने कांग्रेस उपसभापति पुष्पा भुसालले जानकारी दिइन्।

‘यही विषयमा आवश्यक निर्णय लिन मंगलबार बैठक बोलाइएको छ। केही जिल्ला अधिवेशनहरू अझै बाँकी रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्न सक्छ,’ भुसालले भनिन्।

यसअघि कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको थियो। विपद्‌का कारण प्रभावित कार्यतालिकालाई कति दिन पर लैजाने भन्नेबारे मंगलबार बिहान बस्ने बैठकले अन्तिम निर्णय गर्नेछ। महाधिवेशनको मिति तीन दिनदेखि एक सातासम्म धकेलिन सक्ने नेताहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *