सुदूरपश्चिममा तीन दिनपछि सार्वजनिक यातायात सुचारु, पहाडी जिल्लाको आवतजावत सहज

डिसी नेपाल
१२ असोज २०८३ १७:५२

धनगढी । लगातारको वर्षाका कारण पछिल्लो तीन दिनदेखि ठप्प रहेका सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सार्वजनिक यातायात सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएका छन्।

सोमबार बिहानदेखि वर्षा रोकिएपछि स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सञ्चालन भएसँगै प्रदेशका सातवटै पहाडी जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनको आवतजावत सुरु भएको छ।

अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा सडक भासिएका र पहिरो खसेका कारण यातायात अवरुद्ध भएको थियो। हाल जोखिम कम भएका सडकहरूमा सवारीसाधन चल्न दिइएको छ भने क्षतविक्षत भएका खण्डहरूमा मर्मतसम्भारको काम तीव्र पारिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *