रसुवाको टिमुरेस्थित टेलिकम टावरमा सोलार जडान: हेलिकप्टरबाट डिजेल लैजानुपर्ने बाध्यताको अन्त्य

डिसी नेपाल
१२ असोज २०८३ १७:२६

काठमाडौं। नेपाल टेलिकमले रसुवाको टिमुरेस्थित टेलिफोन टावरमा १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयदेखि अवरुद्ध भएपछि टावर सञ्चालनका लागि आवश्यक डिजेल हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने बाध्यता थियो। सोलार प्रणाली जडान भएसँगै जेनेरेटर र डिजेल ढुवानीमाथिको निर्भरता हटेको छ।

नेपाल टेलिकमले टिमुरे-खैदीमा आवश्यक उपकरण तथा सामग्रीहरू हेलिकप्टरमार्फत ढुवानी गरी उक्त सोलार सिस्टम जडान गरेको हो। अब विद्युत् सेवा नभएको अवस्थामा पनि यस क्षेत्रमा नेपाल टेलिकमको २जी  तथा ४जी  सेवा निरन्तर र सहज रूपमा सञ्चालन हुनेछ।

भोटेकोशीको बाढीले दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याएपछि जेनेरेटरबाट चलाउँदै आइएको टावरमा वैकल्पिक ऊर्जा उपलब्ध भएसँगै स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रका सेवाग्राहीले निर्बाध रूपमा दूरसञ्चार र मोबाइल इन्टरनेट सेवा पाउने टेलिकमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *