‘गृहमन्त्रीको मान्छे’ भन्दै बताउने आशिष पक्राउ, पूराना ६ मुद्दामा फरार रहेको खुलासा
काठमाडौं । गृहमन्त्रीको सचिवालयसँग पहुँच रहेको भन्दै अडियो संवादमार्फत भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बस्दै आएका ३७ वर्षीय धर्मराज मल्ल (आशिष) रहेका छन्।
सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा र सार्वजनिक मर्यादाविपरीत अडियो सार्वजनिक भएपछि यथार्थ बुझ्न पुगेको प्रहरी टोलीमाथि नै मल्लले गालीगलौज र दुर्व्यवहार गरेका थिए। सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मल्लको अपराध अभिलेख प्रणाली (सीआरएस) जाँच गर्दा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगी, बैंकिङ कसुर र दूरसञ्चार ऐनसहित ६ वटा पूराना मुद्दा दर्ता रहेको खुलेको छ।
प्रहरी अभिलेखअनुसार उनीविरुद्ध २०७७ फागुन २६ गते ठगी र २०७९ जेठ १३ गते बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो। त्यस्तै, २०८३ साउन २६ गते दूरसञ्चार ऐनअन्तर्गत दर्ता भएको मुद्दामा उनी फरार सूचीमा थिए। यसबाहेक बाँके प्रहरीमै उनीविरुद्ध अभद्र व्यवहारका अन्य तीन वटा मुद्दासमेत विचाराधीन रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment