मौसम खुलेसँगै चाँदीझैं टल्कियो कुम्भकर्ण हिमाल (तस्बिर)
ताप्लेजुङ। लगातारको झरी र बदली रोकिएपछि सोमबार बिहानदेखि पूर्वी नेपालको हिमाली क्षेत्रमा मौसम छाएको छ।
मौसम खुलेसँगै ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ साँघुबाट कुम्भकर्ण (फक्ताङलुङ) हिमालको मनमोहक र स्पष्ट दृश्य देखिएको छ।
समुद्र सतहदेखि ७ हजार ७१० मिटर उचाइमा अवस्थित कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालका रूपमा चिनिन्छ।
स्थानीय लिम्बू भाषामा यसलाई ‘फक्ताङलुङ’ भनेर सम्बोधन गरिन्छ। वर्षा र हुस्सु हटेर आकाश सफा भएपछि हिमालको सुन्दरताले स्थानीयवासीका साथै अवलोकनकर्ताहरूलाई आकर्षित गरेको छ।
(तस्बिर: दिलकुमार लिम्बू/नेपाल न्युज बैंक)









No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment