राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको निक्षेप संकलन आह्वान

डिसी नेपाल
१२ असोज २०८३ ११:३६

काठमाडाैं। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्न (संकलन गर्न) एकमहिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

निक्षेप बोलकबोल गर्दा संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकम ३० अर्बसम्मका लागि आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *