तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर: शाइन रेसुंगा, सर्वोत्तम पेन्ट्स र अरुण भ्यालीको बुक क्लोज भोलि
काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्ने आज असोज १२ गते अन्तिम दिन रहेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी तीनवटै कम्पनीहरूले असोज १३ गते बुक क्लोज गर्दैछन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सम्बन्धित कम्पनीको आगामी साधारणसभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
यी कम्पनीहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसको साधारणसभा आगामी असोज २८ गते हुँदैछ।
त्यसैगरी सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ र कम्पनीले आफ्नो साधारणसभा असोज २५ गतेका लागि बोलाएको छ।
उता ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको साधारणसभा भने असोज २७ गते आयोजना हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment