शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट

डिसी नेपाल
१२ असोज २०८३ १७:०७

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाली राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाली सरकारले पुर्‍याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताएका थिए। उनले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्या


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *